प्रगतिशील लेखक संघले माक्र्सवादी साहित्यलाई प्रगतिवादी साहित्य भनेको छ । प्रगतिशील साहित्य भने गैर माक्र्सवादी साहित्य पनि हुन्छ । हुन सक्दछ । प्रगतिवादी साहित्य प्रगतिशील हुन्छ । तर सबै प्रगतिशील साहित्य प्रगतिवादी साहित्य नहुन पनि सक्दछ । यसका अर्थ के पनि हुन्छ भने कति बुर्जुवा लेखकको कलमबाट प्रगतिशील साहित्य लेखिन पनि सक्दछ । कुनै बुर्जुवा लेखकले प्रगतिशील रचनाका सृजना ग¥यो भन्दैमा उसलाई प्रगतिवादी लेखक भन्न सकिन्न । प्रगतिवादी लेखक हुनको लागि उसको माक्र्सवादमा आस्था हुनै पर्दछ । ऊ माक्र्सवादी हुनै पर्दछ ।
साहित्यका अनेक विधा हुन्छन् । ती विधामा आख्यान पनि एक हो । आख्यान त कवितामा पनि हुन्छ । नाटकमा पनि हुन्छ । निबन्धमा पनि हुन्छ । तर पनि जब हामी आख्यान भन्छौं उपन्यास र कथा विधालाई नै बुझ्दछौं । नेपाली साहित्यमा आख्यान विधाको इतिहास त्यति पुरानो छैन । यसले अझ एक शताब्दी पार गरिसकेको छैन । प्रगतिवादी आख्यानको इतिहास त अझ छोटो छ । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको गठन र २००९ सालमा प्रगतिशील लेखक संघको गठनसँगै प्रगतिवादी आख्यान लेखनको आरम्भ भयो भन्न सकिन्छ । यद्धपि नेपाल कम्युनिष्ट पार्टी र प्रगतिशील लेखक संघको स्थापना पहिले पनि पं्रगतिशील साहित्यकार देखिएका र प्रगतिशील आख्यान लेखिएको अवस्था पनि छ । फेरि पनि प्रगतिवादी साहित्यिक आन्दोलनले स्पष्ट दिशा र गोरेटो भने नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका साथसाथै प्रगतिशील लेखक संघको स्थापनादेखि लिएको हो भन्न सकिन्छ । जे होस् , नेपालमा प्रगतिशील आख्यान लेखनको इतिहास सात दशकको सेरोफेरोमा चलिरहेको छ । यस सम्बन्धमा के कुरा पनि साँचो हो भने नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा आख्यान लेखन विधा अरु विधाको तुलनामा पछि परेको मात्र होइन कमजोर पनि देखा परेको छ । भए पनि प्रगतिवादी साहित्यको इतिहासमा सशक्त आख्यान साहित्य नलेखिएका भने अवश्य होइनन् । उत्कृष्ट आख्यान साहित्य नलेखिएको भने अवश्य होइन ।
प्रगतिशील लेखक संघले प्रारम्भदेखि अहिलेसम्म सामन्तवाद र साम्राज्यवाद विरोधी साहित्यलाई नै प्रगतिवादी साहित्य भन्दै र मान्दै आएको छ । माक्र्सवादी साहित्यलाई नै प्रगतिवादी साहित्य भन्दै र मान्दै आएको छ । प्रगतिवादी साहित्यको मान्यता नै यही हो । यस अर्थमा नेपाली प्रगतिवादी आख्यान सामन्तवाद र साम्राज्यवाद विरोधी हुन्छ भन्ने कुरा स्वतः स्पष्ट छ । शुरुमा दिनमा नेपाली प्रगतिवादी आख्यान लेखन सामन्ती शोषण दमन तथा चिन्तन, राजतन्त्र ,रुढिवादी विचार , अन्धविश्वास , अन्ध परम्परा ,जातीय भेदभाव , वर्गीय भेदभाव सामाजिक विभेद , असमानता , पितृसत्तात्मक समाज, साम्राज्यवादी हस्तक्षेप तथा हैकम आदिको विरोधी थियो । यो विद्रोही तथा क्रान्किारी विचारले ओतप्रोत हुन्थ्यो । यसले संघर्ष तथा परिवर्तनका विचार बोकेको हुन्थ्यो । यो निरंकुशता विरोधी तथा स्वतन्त्रता तथा स्वाधीनताको पक्षपाती हुन्थ्यो । यसले जनवादको झण्डा उचालेको हुन्थ्यो । समाजवाद र साम्यवादको सपना बोकेको हुन्थ्यो । त्यतिबेलाको प्रगतिवादी आख्यान सामन्ती तथा बुर्जुवा आख्यानको प्रतिद्वन्द्वी हुने गर्दथ्यो ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन रुसी र चिनी खेमामा विभाजित भए पछि त्यसको असर प्रगतिवादी आख्यान लेखनमा पनि पर्नु स्वाभाविक नै थियो । हिजो सामन्तवादी र बुर्जुवा आख्यान लेखनको प्रतिद्वन्द्वी आख्यानको रुपमा रहेको प्रगतिवादी आख्यान संशोधनवादी आख्यानको प्रतिद्वन्दी पनि भयो । यो अवस्था साठीको दशकदेखि प्रारम्भ भयो ।
नेपाल कम्युनिष्ट पार्टीले २००७ सालमा राजा राणा र कांग्रेसबीच दिल्लीमा भएको सम्झौता धोका हो भन्यो । १९५० को नेपाल भारतबीच भएको सन्धिलाई असमान सन्धि भन्दै त्यसको कडा विरोध ग¥यो । नेपाल कम्युनिष्ट पार्टीले गोरखा भर्तीलाई राष्ट्रिय कलङ्क भनेर त्यसको घोर विरोध गरिरहेको थियो । यसैले नेपाली प्रगतिवादी आख्यान लेखनमा यी कुराको प्रतिबिम्ब पर्नु स्भाविक नै थियो । निश्चित रुपमा नेपाली प्रगतिवादी आख्यान लेखनले अमेरिकी तथा ब्रिटिश साम्राज्यवाद विरोधी धार पकडेको थियो । भारतीय विस्तारवाद विरोधी धार पकडेको थियो । त्यतिबेलाको वाह्य हस्तक्षेपले त्यस किसिमको साहित्य सृजना हुनु स्वभाविक थियो । आख्यान लेखिनु स्वभाविक थियो ।
त्यतिबेला प्रगतिवादी आख्यान लेखनमा रुसी तथा चिनिया क्रान्तिकारी साहित्यको पनि व्यापक प्रभाव परेको थियो । म्याक्सिम गोर्की तथा लुस्यूनको पनि व्यापक प्रभाव परेको थियो । म्याक्सिम गोर्की रुसी क्रान्तिकारी साहित्यका अगुवा नै थिए । त्यसरी नै लुस्यून चिनिया क्रान्तिकारी साहित्यका मूल स्तम्भ नै थिए । उनी चिनिया क्रान्तिका सांस्कृतिक मोर्चाका कमाण्डर नै थिए । यिनीहरूका आख्यान लेखनले विश्व सर्वहारा क्रान्तिलाई नै अत्यधिक ऊर्जा दिएको थियो । माक्सिम गोर्कीको आमा र लुस्यूनका ‘बहुलाको डायरी’ तथा आ क्यु को ‘साँचो कथा ’व्यापक रुपमा अध्ययन गरिएका आख्यानहरू थिए । अमेरिकी उपन्यासकार हावर्ड फास्टको विश्व विख्यात उपन्यास ‘स्पार्टाकश’ले पनि नेपाली प्रगतिवादी आख्यानकारहरूलाई प्रशस्त ऊर्जा र प्रेरणा दिइरहेको थियो । त्यतिबेला नेपाली आख्यानकारहरूलाई व्यापक प्रभाव पार्ने अर्का भारतीय प्रगतिवादी आख्यानकार राहुल सांकृत्यायन पनि थिए । उनको ‘बोल्गा से गंगातक’ले नेपाली प्रगतिवादी साहित्य लेखनलाई व्यापक प्रभाव पारेको थियो । त्यतिबेला नेपाली आख्यानकारहरूले व्यापक रुपमा पढेको अर्को आख्यान चेकोस्लाभियाका क्रान्तिकारी लेखक जुलियस फुचिकको ‘फाँसीको तख्ताबाट’ थियो ।
०१७ सालको राजा महेन्द्रको फौजी काण्ड पछि नेपालमा चर्को राजतन्त्र विरोधी साहित्य सृजित हुन थाल्यो । राजा महेन्द्रले ०७ सालमा प्राप्त सीमित उपलब्धिलाई पनि उल्टाएर निर्दलीय फासिष्ट पञ्चायती व्यवस्था लागू गरेपछि नेपाली प्रगतिवादी आख्यान चर्को राजतन्त्र विरोधी आख्यान हुन पुग्यो । पञ्चायती विराधी आख्यान हुन पुग्यो । फेरि पनि मूल रुपमा त्यतिबेलाको प्रगतिवादी आख्यान लेखन मूलतः सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद विरोधी नै थियो । आन्तरिक रुपमा त्यतिबेलाको आख्यान लेखनले मूलतः सामन्ती शासन र शोषणको विरोध तथा मजदुर किसानको संघर्षको स्प्रिट बोकेको हुन्थ्यो ।
राजा महेन्द्रको फौजी काण्डपछि नेपाली प्रगतिवादी आख्यान लेखन भूमिगत हुन पुग्यो । त्यतिबेला भूमिगत साहित्य लेखनको निकै विकास भयो । भूमिगत रुपमा आख्यान लेखनको काम अघि बढ्यो । त्यतिबेलाको आख्यान लेखन निरंकुशता विरोधी थियो । पञ्चायत विरोधी थियो । राजतन्त्र विरोधी थियो । सामन्तवाद विरोधी थियो । साम्राज्यवाद तथा विस्तारवादी विरोधी थियो । संशोधनवाद विरोधी थियो । सबै प्रकारका शोषण विरोधी थियो । सबै प्रकारका हस्तक्षेप नथा हैकम विरोधी थियो । त्यसले मूलतः नयाँ जनवादको स्प्रिट बोकेको थियो । नयाँ जनवादी क्रान्तिको धार बोकेको थियो ।
०२८ सालको झापा बिद्रोहले प्रगतिवादी आख्यान लेखनलाई नयाँ ऊर्जा र नयाँ गति दियो । नयाँ शक्ति दियो । त्यतिबेलाको आख्यान लेखनले वर्ग शत्रुप्रति तीव्र घृणा जन्मायो । वर्गीय मित्रप्रति प्रगाढ प्रेम जगायो । सामन्तवाद पूँजीवाद संशोधनवाद साम्राज्यवाद तथा विस्तारवाद विरोधी विचार र भावनालाई जाग्रित ग¥यो । त्यतिबेलाको प्रगतिवादी आख्यान लेखनले वर्गीय मुक्तिको चाहना वा आकांक्षालाई प्रतिबिम्बित ग¥यो । त्यसले क्रान्तिकारी धारलाई अझ सशक्त पा¥यो । त्यतिबेला सर्वहारा अन्तराष्ट्रियवादलाई बल पुराउन आख्यान लेखनले तीव्रता लियो । त्यतिबेलाको क्रान्तिकारी आख्यान लेखन मूलतः भूमिगत आख्यान लेखन नै थियो ।
०३६ सालपछिको आख्यान लेखनले केही खुकुलो परिवेश प्राप्त ग¥यो । यतिबेला विविध विचारले चलखेल गर्ने मौका प्राप्त गरे । नागरिक स्वतन्त्रताको आवाज चर्को रुपमा उठ्यो । मौलिक अधिकारको आवाज जोडदार रुपमा उठ्यो । त्यसबेलादेखि भूमिगत आख्यान लेखनको ठाउँ खुला लेखनले लियो । तर पनि यतिबेला पनि भूमिगत आख्यान लेखनको परम्परा कायम नै रह्यो । भलै त्यसमा कमी आएको अवस्था थियो । ०३६साल पछि फेरि लामो समयसम्म लगभग मृत अवस्थामा रहेका प्रगतिशील लेखक संघलाई पुनःजीवित पारियो । प्रगतिशील लेखक संघको झण्डामुनि लगभग सबै प्रगतिवादी लेखक संगठित भए । एकत्रित भए । यसले गर्दा आख्यान लेखनले एउटा गति लियो । लगभग एक दशमसम्म मुलुकमा यही गति कायम रह्यो ।
०४६ सालसम्म आउँदा झापा विद्रोहको पृष्ठभूमि बोकेको नेपालको सबभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा मालेमा पूंजीवादी विचार हावी भैसकेको अवस्था थियो । यसले हिजो आफूले बोकेको क्रान्तिकारी लाइन परित्याग गरिसकेको थियो । क्रान्तिको झण्डा मिल्काइसकेको थियो । यसले पूँजीवादी संसदीय राजनैतिक दिशा बोकिसकेको थियो । त्यसका मूर्त रुप बहुदलीय जनवाद थियो । यो नेकपा मालेले पञ्चायतकालमा पञ्चायती संयन्त्रमा सरिक भएर अंगीकार गरेको जनपक्षीय राजनीतिको अभ्यासको निरन्तरता थियो । झापा विद्रोहको पृष्ठभूमि बोकेको मालेमा यस किसिमको विचलन आएको स्थितिमा त्यसको प्रभाव प्रगतिशील लेखक संघमा पर्नु पनि स्वभाविक कुरा थियो । यस संगठनसित आबद्ध लेखकको कलममा विचलन आउनु स्वभाविक थियो । उनीहरूका कलममा क्रान्तिकारी धार भुत्ते हुनु स्वभाविक थियो । यसैले ०४६ सालपछि प्रगतिवादी धार कमजोर बन्यो । क्रान्तिकारी धार कमजोर बन्यो ।
माओवादीले २०५२ सालमा जनयुद्ध शुरु गरेपछि फेरि एकपल्ट क्रान्तिकारी साहित्य लेखनले जोर पकड्यो । क्रान्तिकारी आख्यान लेखनले गति लियो । वास्तवमा जनयुद्ध नेपालको इतिहासमा अभूतपूर्व घटना थियो ।
यो नेपालको इतिहासमा नै सबभन्दा बढी उथलपुथलकारी घटना थियो । यसले नेपाललाई मात्र होइन सारा विश्वलाई नै हल्लाइदिएको थियो । माओवादी जनयुद्धले क्रान्तिकारी साहित्यको भण्डार भरिदिएको थियो । भण्डार भर्नलाई असीमित खुराक दिएको थियो । मसला दिएको थियो । लेखन सामाग्री पस्किदिएको थियो । यस काललाई प्रतिबिम्बित गर्ने साहित्यलाई नयाँ यथार्थवादी साहित्य भनिएको छ । यसलाई जनयुद्धवादी साहित्य पनि भन्न सकिन्छ । यसलाई समाजवादी यथार्थवादी साहित्य पनि भन्न सकिन्छ । यस कालमा उत्कृष्ट कविता गीत संस्मरण आदि लेखिएका छन् । आख्यान लेखिएका छन् । यस कालमा लेखकरूमा त्यही उत्साह तथा जाँगर पाइन्छ जुन जाँगर कम्युनिष्ट पार्टीको जन्मकालमा पाइन्थ्यो । जुन उत्साह र जाँगर झापा विद्रोहको चरणमा पाइन्थ्यो । जनयुद्धकालमा जनयुद्ध विरोधी साहित्य पनि लेखिएको छ । आख्यान पनि लेखिएको छ । जनयुद्धलाई आतङ्कवाद भन्नेहरू जनयुद्ध विरोधी साहित्य लेखनमा लागेका पाइन्छन् । आख्यान लेखनमा लागेका देखिन्छन् ।
जनयुद्धकाल र अहिले पनि नयाँ यथार्थवादी साहित्यको सवालमा प्रगतिवादी लेखकरू विभाजित भएका छन् । प्रगतिवादी साहित्यको एक खेमा नयाँ यथार्थलाई समाजवादी यथार्थवादी साहित्यको रुपमा हेर्दछ भने अर्को खेमा यसलाई उग्रवादी अराजकतावादी साहित्यको रुपमा लिन्छ । नयाँ यथार्थवादी साहित्यलाई नकारात्मक रुपमा हेर्ने प्रगतिवादी साहित्यकारहरूमा बहुदलीय जनवादी पक्षधर पंक्ति अघि छ । यसलाई हामी यसरी पनि बुझ्न सक्दछौं यतिबेला प्रगतिवादी साहित्य वा आख्यान लेखन नयाँ जनवादी र बहुदलीय जनवादी दुई विपरीत खेमामा विभाजित छ । बहुदलीय जनवादी खेमा बहुलवादको पक्षपाती रहेको छ । यो खेमा मूलतः बुर्जुवा उदारतावादी विचारले निर्देशित छ । नयाँ यथार्थवादी आख्यान लेखन वास्तवमा जनवादी आख्यान लेखनको अर्को नाम हो । यसको नालनातो समाजवादी यथार्थवादसित गाँसिएको हुन्छ । यसको नालनातो माक्र्सवाद लेनिवाद तथा माओवादीसित गाँसिएको हुन्छ ।
माओवादीले दिल्लीमा संसदवादी दलहरूसित बाह्रबुँदे समझौता र नेपाल सरकार र माओवादीबीच बृहत शान्ति समझौता गरे पछि नेपालको राजनीतिले अर्को मोड लिएको छ । झण्डै ढाई सयको निरंकुश सामन्ती राजतन्त्रको अन्त्य पछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको चरणमा प्रवेश गरेको छ । सेना समायोजन र संविधानसभाबाट नयाँ संविधान लेखनको प्रकिया पुरा भए पछि मात्र यो मुलुक बर्तमान संक्रमणकालको चरण पार गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको कालमा विधिवत प्रवेश गर्ने हो । यसैले अहिलेको अवस्था भनेको संक्रमणकालीन अवस्था हो । संक्रमणकालको अवस्था भनेको अन्योल र अस्थिरताको अवस्था हो । यो अग्रगमनकोभन्दा पनि ठहरावको अवस्था हो । यसैले यस कालमा नयाँ यथार्थवादी साहित्य वा आख्यानले आवश्यक ऊर्जा प्राप्त गर्न सकिरहेको छैन । ऊर्जा प्राप्त गर्ने वातावरण सृजित भइरहेको छैन ।
निश्चित रुपमा संक्रमणकालीन अवस्थामा जनयुद्धले जन्माएको नयाँ यथार्थवादी साहित्य वा आख्यान लेखन संघीय लोकतान्त्रिक गणतन्त्रमा टाँसिएर बस्न सक्दैन । अल्झेर बस्न सक्दैन । बल्झेर बस्न सक्दैन । यो यसको एक छिन विश्राम लिने चौतारी वा पार्टी पौवा जे भए पनि स्थायी रुपमा बसोबासो गर्ने मुकाम होइन । बुर्जुवाहरूको लागि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तिम मुकाम हो भने सर्वंहारा क्रान्तिकारी वर्गको लागि यो एउटा प्लेट फार्म मात्र हो । एउटा बस बिसौनी मात्र हो । एउटा ट्रान्जिट प्वाइन्ट मात्र हो । अहिलेको अवस्थामा प्रगतिवादी साहित्य वा आख्यान लेखनको हलो अड्केको जस्तो अवस्था छ । बाटो थुनिएको जस्तो अवस्था छ । दिशा हराएको जस्तो अवस्था छ ।
नयाँ यथार्थवादी वा समाजवादी यथार्थवादी साहित्य वा आख्यान लेखन यतिबेला गतिरोधको अवस्थामा छ । ठूलो जाममा परेको जस्तो अवस्थामा छ । फेरि पनि यसको पछाडि आख्यान लेखनको लागि जनयुद्धले जन्माएको विगतको असीम भण्डार त सुरक्षित नै छ । तर वर्तमानमा साथसाथै भविष्यको गोरेटो कोरिसकिएको अवस्था छैन । त्यो कल्पना र संपनाको संसारमा पखेटा फट्फटाउँदै बसेको भए पनि कुनै उडान भर्न भने सकिरहेको छैन । कुनै छलाङ्ग मार्न भने सकिरहेको छैन ।
निश्चित रुपमा प्रगतिवादी आख्यान लेखन क्रान्तिकारी संघर्ष आन्दोलन क्रान्ति वा जनयुद्धको गर्भबाट सृजित हुन्छ । क्रान्तिकारी संघर्ष आन्दोलन क्रान्ति वा जनयुद्धको अभावमा प्रगतिवादी आख्यान लेखनले गति लिन सक्दैन । दिशा लिन सक्दैन । प्रगतिवादी आख्यान वर्ग संघर्षको भट्टीमा खारिएर सृजित हुने कुरा हो । हरेक क्रान्तिकारी संघर्ष आन्दोलन जनयुद्ध वा क्रान्तिले क्रान्तिकारी लेखक कवि तथा गायक कलाकारलाई जन्माउँछ । त्यसको अभावमा प्रगतिवादी साहित्य लेखनमा गतिरोध आउनु स्वभाविक कुरा नै हो । हिजो कम्युनिष्ट आन्दोलन , झापा विद्रोह वा माओवादी जनयुद्धले क्रान्तिकारी साहित्य वा आख्यान लेखनलाई जुन बल दियो, ऊर्जा दियो , गति दियो, उत्साह दियो, आशा दियो वा प्रेरणा दियो आज त्यसको अभाव छ । लभभग शून्यता छ । यसैले यस चरणमा प्रगतिवादी आख्यान लेखन सुस्ताएको हुन सक्दछ । यो सुस्ताउनको एउटा कारण पुराना स्थापित आख्यानकारहरूमा विचलन आउनु र उनीहरूले पलायनको बाटो समात्नु पनि हो ।
अहिलेसम्म भएका वर्ग संघर्षका हाम्रा अनुभव र अनुभूतिहरूलाई पुँजी बनाएर थुप्रै प्रगतिवादी कथा तथा उपन्यासको सृजना गर्न सकिन्छ । प्रगतिवादी आख्यानको भण्डार भर्न सकिन्छ । हार्वड फास्टले आजभन्दा दुई हजार वर्षभन्दा पनि पहिले भएको दास विद्रोहलाई विषय वस्तु बनाएर स्पार्टाकस जस्तो विश्व प्रसिद्ध आख्यानको सृजना गर्न सक्छन् भने हामीले नेपालमा भएका वर्ग संघर्ष र खासगरी दश वर्षे जनयुद्धका असीम अनुभव अनुभूति तथा व्यथा कथालाई विषय वस्तु बनाएर किन नेपाली प्रगतिवादी आख्यान लेखनको भण्डार भर्न सक्दैनौं ? फेरि हाम्रो मुलुकमा आमूल परिवर्तन हुन त अझ बाँकी नै छ । त्यसको लागि क्रान्तिकारीहरूले एउटा निकै ठूलो धक्का दिन त अझ बाँकी नै छ । त्यसको लागि पनि क्रान्तिकारी आख्यान लेखन आवश्यक हुन जान्छ । प्रगतिवादी आख्यान लेखन आवश्यक देखिन्छ । यो काम विशेष गरी नयाँ दृष्टि र नयाँ ऊर्जा बोकेका आख्यानकारहरूका कलमबाट मात्र सम्भव छ ।
http://www.lumbinitimes.com बाट साभार
No comments:
Post a Comment